काठमाडौँ उपत्यकामा इन्द्रजात्रा मनाईंदै

493
  •  
  •  
  •  

फाईल फोटो
फाईल फोटो

काठमाडौँ, १० असोज(ओएनएस) : काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।

प्राचिन कालदेखी वर्षा र सहकालका देवताका रूपमा इन्द्रको पूजाआराधना गरी नेवार समुदायले इन्द्रजात्रा पर्व मनाउने गर्छन् । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशीका दिनमा मनाइने यो पर्व काठमाडौँ उपत्यकालगायत धुलिखेल, दोलखामा पनि मनाउने प्रचलन रहेको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुरू हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने गरिन्छ ।

इन्द्रजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरिन्छ । इन्द्रजात्राका लागि इन्द्रध्वज स्थापनाका लागि काटिने लिङ्गोदेखि त्यो लिङ्गो उपत्यकाभित्र प्रवेश गराउने, लिङ्गो ठड्याउने र लिङ्गो ढाल्ने कार्यका लागि साइत जुराउने प्रचलन छ ।


  •  
  •  
  •