यसरी मनाईयो इन्द्रजात्रा…(फोटोफिचर)

176
  •  
  •  
  •  

indra jatra (4)pmकाठमाडौं, २३ भदौ (ओएनएस) : काठमाण्डौं उपत्यकामा आज ईन्द्रजात्रा मनाईएको छ ।

प्रत्येक बर्ष भाद्रकृष्ण चतुर्दर्शीका दिन हुने इन्द्र जात्राको गणेश, भैरव,कुमारीको रथ यात्रा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीहरुले अवलोकन गरेका थिए ।

इन्द्रलाई वर्षा र सहकालका देवताको रुपमा पुजिन्छ । प्राचिन काठमाण्डौंमा एक दिन देवताका राजा ईन्द्रले पूजाका लागि आमालाई मन पर्ने पारिजातको फूल चोरेपछि काठमाण्डौंका वासिन्दाले इन्द्रलाई समातेर डोरीले बाँधेर सजाय दिएका थिए ।

indra jatra (2)इन्द्रले आफ्नो परिचय दिएपछि काठमाडौं उपत्यकाका वासिन्दा अनर्थ भएको भन्दै आत्तिए । खबर पाएपछि इन्द्रकी आमाले थाहा पाएपछि आफ्ना छोरालाई लिन काठमाण्डौं उपत्यका आईन् ।

indra jatra (6)उक्त घटनाको सम्झनामा वर्षमा एक पटक जात्रा निकाल्ने र वर्षा पार्ने सहमति भएपछि इन्द्रलाई आमाको जिम्मा लगाईएको कथन छ  । छोरा लैजाने र त्यसको साटो वर्षा पार्ने सहमति भएको उत्ति छ ।indra jatra (10)

indra jatra (6)

 

 

 

 


  •  
  •  
  •