काठमाडौ, ३ माघ(एजेन्सी) : नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा व्यवसायी इन्द्रभक्त श्रेष्ठको शनिबार बिहान निधन भएको छ । श्रेष्ठको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
९१ वर्षीय श्रेष्ठ निमोनिया र श्वास प्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिए । श्रेष्ठको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
एनई ग्रुपका चेयरम्यान तथा सस्थापक श्रेष्ठ २०३७ सालसम्म महासंघको अध्यक्ष बनेका थिए । त्यसअघि उनी नेपाल चेम्बर अफ कमर्शको २ कार्यकाल अध्यक्ष समेत भएका थिए । उनी चेम्बर आन्दोलनका अभियन्ताको रुपमा उनी चिनिन्थे ।
श्रेष्ठका २ छोरा र ५ छोरी छन् ।
तस्विरः बिजखबर डट कमबाट