मानव बस्तीमा सैन्य बिमान खस्यो

170
  •  
  •  
  •  

१५ असार (एजेन्सी) : इन्डोनेसियाको मेदान शहरमा सेनाको कार्गो बिमान दुर्घटनाग्रस्त बनेको छ  । मेदानको मानिसहरुको बस्ती रहेको क्षेत्रमा विमान खसेको बताइएके छ । बिमानमा चालक दलका १२ सदस्य सवार रहेको बताइएको छ ।

त्यहाँका सैन्य प्रबक्ता पौड बास्याले सो बिमानले उडान भरेलगत्तै दुर्घटना भएको पुष्टी गर्दै बिमानमा सवारको अवस्थाबारे यकिन हुन नसकेको बताएका छन् । दुई वटा घरमाथि बिमान खसेर आगो लागेको थियो ।

आगलागीबाट सडकमा रहेको एउटा कारमा पनि पूर्ण क्षती पुगेको बीबीसीले उल्लेख गरेको छ । आगो अझै नियन्त्रणमा आइनसकेको र धुवा फैलिएकाले उद्धारमा कठिनाई भएको बताइएको छ ।


  •  
  •  
  •