इन्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको सम्भावना

185
  •  
  •  
  •  

जाकार्ता, ११ मंसिर : इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई विस्थापित गरिएको अधिकारीले जनाएका छन् । त्यहाँ रहेको एक मात्र विमानस्थल पनि बन्द गरिएको छ ।

यसअघि पनि करिब ४० हजार व्यक्ति माउन्ट आगुङ्गुनजिकै रहेको इलाका छोडी सकेका इन्डोनेसियको प्रकोप व्यवस्थापन सम्बन्धि निकायका जनाइएको छ ।

सरकारी अधिकारीहरुले ज्वालामुखि विस्फोट हुन सक्ने क्षेत्रबाट १२ किलोमिटर टाढा रहनको लागि आग्रह गरेका छन् ।


  •  
  •  
  •