गायिका इन्दिराको इन्गेजमेन्ट

138
  •  
  •  
  •  


काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको इन्गेजमेन्ट भएको छ । उनले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । बिहीबार खुम्बु पुगेर उनलाई केडियाले इन्गेजमेन्ट औँठी लगाइदिए । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको एक फेसन शोमा भाग लिन जाने क्रममा शरदले ‘फिल्मी शैली’ मा घुँडा टेकेर इन्दिरालाई औँठी लगाएको भिडियो क्याप्टेन विवेकले आफ्नो टिकटक खातामा पोस्ट गरेका छन् ।

यस्तै इन्दिराले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ ? र मैले ‘हुन्छ’ भनिदिएँ ।’  इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् । उनको डिजाइनमा नेपाली सेलिब्रिटीसमेत सजिने गरेका छन् । नायिका स्वस्तिमा खड्का, ऋचा शर्मा, मिस नेपाल श्रृङ्खला खतिवडा, कार्यक्रम प्रस्तोता सहाना बज्राचार्य, रिमा विश्वकर्मालगायतले शरदको डिजाइन पेश गर्ने गरेका छन् ।

यता‘चौबन्दी चोली अनि रातो घाँघर’ गीतबाट चिनिएकी इन्दिरालाई फिल्म ‘लुट’ को ‘उध्रेको चोली’ गीतले ठूलो ख्याती दिलाएको थियो । त्यसयता उनले एकसेएक लोकप्रिय गीतमा आफ्नो आवाज दिइसकेकी छन् । उनले गाएका ‘ठूली’ को म त मर्छु क्या हो’, ‘कथा काठमाण्डू’ को ‘रातको कुरा’, ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’, ‘मुखौटा’ को ‘एक चोटीमा’ जस्ता फिल्मका गीत चर्चित छन् ।


  •  
  •  
  •