भारतमा नेपाली चेली अनागरिक

129
  •  
  •  
  •  

काठमाडौं ९ जेठ ।
भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको २ वर्ष भइसक्यो । तर उनी अझै अनागरिक छिन् । नेपाली नागरिकता औपचारिक रुपमा त्यागेर आउनासाथै भारतीय नागरिकता पाइन्छ भनेर दिल्लीका अधिकारीले भनेको भरमा मेनुले विवाह गर्नासाथ नागरिकता परित्याग गरेकी थिईन ।

‘अहिले आएर वैवाहिक अंगीकृत नागरिकता लिन कम्तीमा विवाह गरेको मितिले ७ वर्ष पर्खनुपर्ने नियम देखाएपछि म अनागरिक बनेकी छु’, नागरिकता प्राधानबारे सुझाव दिन नेपाली दूतावास आएकी मेनुले भनिन्, ‘दूतावासले नेपाली नागरिकता त्याग गरिसकेको अवस्थामा यो विषय भारतीय प्रशासन र अधिनियम अन्तर्गत पर्ने भनेर कुनै सुझाव दिएन।’
कान्तिपुरबाट


  •  
  •  
  •