भारतको यानले पठायो मंगल ग्रहको यस्ता फोटा…(फोटोसहित)

64
  •  
  •  
  •  

indian-mars-orbiter-send-image-of-marsकाठमाडौ, ९ भदौ (एजेन्सी) : भारतले मंगल ग्रहमा पठाएको यानले मंगल ग्रहको कक्षमा प्रवेश गरेपछि पहिलोपटक त्यहाँको तस्विर पठाएको छ । उक्त तस्विरमा मंगल ग्रहको सतह देखिएको छ । अन्तरिक्ष एजेन्सीले आफ्नो ट्विटर एकाउण्टमा बिहिबार ती तस्विर जारी गरेको छ । एक उच्च अधिकारीले भनेका छन्, ‘बुधबार हामीले पाँच वटा तस्विर पाएका छौ । तर, अहिले यी सबै प्रक्रियामा छन् ।’

यसअघि मंगलयानले ६५ करोड किलोमिटरको दूरी तय गरेर बुधबार मंगल ग्रहमा पुगेको थियो । यसलाई गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो । यानको मंगलको कक्षमा स्थापित भएपछि भारत पहिलो प्रयासमा नै मंगल ग्रहमा यान पठाउन सक्ने विश्वको पहिलो देश बन्न पुग्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले यस उपलब्धीलाई क्रिकेटको जीत भन्दा हजार गुणा ठूलो भएको बताए ।

indian-mars-orbiter-send-image-of-mars1यता, आलोचनाहरू पनि भइरहेका छन् । पाकिस्तानको परमाणु वैज्ञानिक अब्दुल कादिर खानले भनेका छन् की भारत कहिल्यै पनि प्रविधीको क्षेत्रमा पाकिस्तानको सामुन्ने बच्चा थियो तर देशको भ्रष्ट सरकारले वैज्ञानिकहरूलाई जेलमा पठायो र अमेरिकाको निर्देशनमा रिसर्च बन्द गरिदियो ।


  •  
  •  
  •