१३ बर्षिया छोरीलाई जबरजस्ती यौन व्यापारमा लगाएको आमा–बुबामाथी आरोप

551
  •  
  •  
  •  

एजेन्सी ।  भारतको केरला पुलिसले १३ वर्षिया किशोरीलाई २ बर्षसम्म यौन व्यापारमा लाग्न बाध्य पारेको आरोपमा किशोरीकी आमा र सैतेनी बुबालाई पक्राउ गरेको छ ।

किशोरीकी आमाले एक स्थानीय टीबी च्यानललाई बताएअनुसार किशोरीलाई यौन व्यापारमा लगाउँदा एक ग्राहकबाट तीन हजार भारतीय रुपैयाँ लिने गरिएको थियो । साथै ती किशोरीलाई महिनामा कम्तीमा एक पटक ग्राहकको पठाउने गरिएको थियो ।

यस्तै प्रहरीले १८ बर्षिया दाईलाई पनि आफ्नी बहिनीसँग यौन हिंसा गरेको आरोपमा मद्दा दर्ता गराएको छ । प्रहरीले ती किशोरीका ४० ग्राहक मध्ये २५ जनाको पहिचान गरेको जनाएको छ । यस्तै ५५ बर्षिया एक दलालसँगै अन्य ९ जनालाई पनि घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ ।

एक गैरसरकारी संस्थाले ती किशोरीलाई स्कूलमा पढाउन सुरु गरेपछि घटना बाहिर आएको थियो । किशोरीले बताएअनुसार उनलाई चार गुणा बढी उमेर भएका बुढाहरुसँग यौन क्रियाकलापको लागि पठाइने गरिएको थियो ।


  •  
  •  
  •