विश्वकपका लागी भारतीय टोलीको घोषणा, को को परे टोलीमा ?

433
  •  
  •  
  •  

team Indiaकाठमाडौ, २२ पुस(एजेन्सी) :  विश्वकप क्रिकेट २०१५ का लागि भारतीय क्रिकेट नियन्त्रण बोर्डले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । मुम्बईस्थित बीसीसीआईमा भएको चयनकर्ताहरूको बैठकले विश्वकप तथा बेलायत र अष्ट्रेलियासँग हुने आगामी त्रिकोणिय श्रृंखलाका लागि समेत टोलीको घोषणा गरेको छ ।

टोलीमा युवराजलाई ल्याइन सक्ने समाचारहरू आएपनि उनी अटाउन सकेका छैनन् भने रवीन्द्र जडेजा टोलीमा परेका छन् । जडेजाको काँधमा चोटको कारण जडेजाका विषयमा चयनकर्ताले भनेका छन्, ‘जडेजा आगामी १० दिनमा फिट हुन्छन् र विश्वकप खेल्नेछन् ।’

टोलीमा यसअघि विश्वकप खेलेका ४ खेलाडीमात्र यस विश्वकपमा समावेश रहेका छन् ।

को को छन् त भारतीय टोलीमा ?

महेन्द्र सिंह धोनी(कप्तान), विराट कोह्ली(उपकप्तान), शिखर, रोहित शर्मा, अम्बाती रायदू, मोहम्मद सामी, आर आश्विन, अजिक्य रहाने, स्टुअर्ट बिन्नी, सुरेश रैना, रवीन्द्र जडेजा, अक्षर पटेल, भवनेश्वर कुमार, उमेश यादव र इशान्त शर्मा

यस्तै, अतिरिक्त खेलाडीको रूपमा धवल कुलकर्णी र मोहित शर्मालाई राखिएको छ ।


  •  
  •  
  •