वेष्ट इण्डिजविरूद्धको टी-२० का लागि भारतीय टोलीको घोषणा

76
  •  
  •  
  •  

काठमाडौ, २८ असोज (एजेन्सी) : वेष्टइण्डिजविरूद्ध हुने एकमात्र टि-२० प्रतिष्पर्धाका लागि भारतले आफ्नो टोलीको घोषणा गरेको छ । टोलीमा मनीष पाण्डेलाई पहिलोपटक भारतले भित्राएको छ । उनलाई चोटका कारण खेल्न नसक्ने भएका रोहित शर्माको स्थानमा ल्याइएको हो ।

छनोटकर्ताहरूले १२ सदस्यीय टोलीमा सुरेश रैनालाई समेत आराम दिएको छ । यस्तै, इङल्याण्डविरूद्ध टि-२० मा रहेका अम्बाती रायडु, धवल कुलकर्णी र आर आश्विनलाई टोलीमा समावेश गरिएको छैन् ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टोलीमा शीखर धवन, अजिक्य रहाने, स्टुअर्ट बिन्नी, रविन्द्र जडेजा, अक्षर पटेल, करन शर्मा, भुवनेश्वर कुमार, मोहम्मद शामी, सञ्जू सामसन, मनीष पाण्डे र उमेश यादव छन् ।

यस्तै, छनोटकर्ताहरूले अन्तिम दुई वनडे प्रतिष्पर्धाका लागि एक खेलाडी थपेको छ । टोलीमा अक्षर पटेललाई समावेश गरिएको छ ।
टि-२० क्रिकेटमा भारतीय टोली र वेष्ट इण्डिजको टोलीले एकापसमा ४ वटा खेल खेलेका छन् । ४ प्रतियोगितामा २ वटामा भारतले र २ वटामा वेष्ट इण्डिजले कब्जा जमाएका थिए ।


  •  
  •  
  •