काठमाडौं २७ कात्तिक (ओएनएस) : नेपाल भ्रमणमा आएका भारतका प्रधानसेनापति दलवीर सिंहले सार्क सम्मलनका क्रममा भएको सुरक्ष अवस्था बार चासो राखेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र दामादर मोदीको सुरक्षा बारे विषेश जानकारी लिनेछन् । बुधवार आएलगत्तै नेपाली सेनासँग छलफल गरेका सिंहले प्रधानमन्त्री सुशील कोइरालसँग पनि भेटेर जानकारी लिनेछन् । प्रधानसेनापति गौरवशमशेर जबरासँग बुधवार छलफल भएको छ ।
उनले अज बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिने एक विशेष समारोहबीच राष्ट्रपति यादवबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा लिनेछन् । आजै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री सुशील कोइरालासंग शिष्टाचार भेट गर्ने सैनिक स्रोतले जनाएको छ ।
बुधवार ‘प्रधानसेनापति जबरा र भारतीय स्थल सेनाध्यक्षबीचको भेटवार्तामा द्वीपक्षीय सहयोगलगायत आपसी हीतका विषयहरुमा छलफल भयो,’ सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटबारे सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तीमा छ । उक्त छलफलपछि सिंहले नेपाली सेनाका प्रिन्सिपल स्टाफ अफिसर्स रथीहरुसंग समेत भेटघाट गरेका थिए ।