काठमाडौ, १० माघ(एजेन्सी) : अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत यात्राका क्रममा कार बम हमला गर्ने धम्कीसहितका ट्वीटहरू गरिएका छन् । भारतीय सुरक्षा एजेन्सीहरूले ट्वीट गर्ने कम्प्युटरको लोकेशन पत्ता लगाइदिन ट्वीटर कम्पनीलाई आग्रह गरेका छन् ।
भारतीय सञ्चारमाध्मयहरूका अनुसार २५ जनवरीबाट ओबामाको यात्रा सुरू हुँदैछ । यस्तो अवस्थामा आएका ती धम्कीहरूलाई गम्भिरताका साथ जाँच गरिने भारतीय सुरक्षा एजेन्सीले जनाएका छन् । सुरक्षा एजेन्सीको जाँचमा त्यसरी धम्कीसहितको ट्वीट पठाउनका लागि नक्कली आईपी एड्रेस प्रयोग गरिएको बताइएको छ ।
यसकारण उक्त ट्वीटर भारतकै कुनै कम्प्युटरबाट पठाइएको हो या अन्य देशबाट पठाइएको हो भन्ने बारे केही थाहा हुन सकेको छैन् । भारती सुरक्षा एजेन्सीहरूले यस्ता ट्वीट पठाउनुमामुम्बईका कल्याण्डवाट आईएसमा शामिल भएका तीन युवकहरूमध्ये नै कुनै एकको हात हुन सक्ने शंका गरेका छन् ।
यीमध्ये एक अरीब मजीद अहिले एनआईएको नियन्त्रणमा छ । ट्वीटरको एक ट्वीटमा धम्की दिँदै भनिएको छ, ‘सुनेको छु की ओबामा चाँडै नै भारतमा आउँदैछन् । केमिकल कार बम हमला गर्नु एउटा राम्रो उपाय हुन सक्छ ।’
अमेरिकले इस्लामिक स्टेटमाथी गरेको हमलामा करिब ६ हजार जिहादीलाई मारेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख चक हेगलले जानकारी यस्तो जानकारी दिएका हुन् । यसपछि आईएस का २० देखी ३० प्रतिशत लडाकु सकिएका छन् । अमेरिकी जासुसी संस्था सीआईएले आईसएसका २० हजार देखी ३१ हजार ५ लडाकु अहिले पनि लडाईमा रहेको अनुमान गरेका छन् ।