पशुपतिमा चढाइन्छ भारतीय प्रतिबन्धित नोट

146
  •  
  •  
  •  

indian rs

काठमाडौँ, २ भदौ : भारतमा प्रतिबन्धित भारतीय मुद्रा एक हजार र पाँच सयका नोट पशुपतिनाथलाई चढाइने गरिएको छ । भारतीय तीर्थयात्रीले ती दरका रुपियाँ नाथलाई भेटीका रूपमा चढाउने गरेका छन् । आजको गोरखापत्रमा खबर छ।

पुण्य कमाउनका लागि कागजको खोस्टो मात्र ठहरिएका त्यस्ता नोट पशुपतिमा चढाउने क्रम बढ्दो छ । यसरी ठूलो परिमाणमा प्रतिबन्धित भारतीय रुपियाँ सङ्कलन हुन थालेपछि पशुपति क्षेत्र विकास कोषलाई निकै समस्या परेको छ ।

पशुपतिनाथका सेवक (बिशेट) अरुण श्रेष्ठका अनुसार करिब सात लाख बेचल्तीका भारतीय रुपियाँ भेटीका रूपमा पशुपतिनाथमा छन् ।

उनका अनुसार भारत सरकारद्वारा वैधानिकता समाप्त गरिएका यी नोटको कोषले खातामा आम्दानी बाँध्ने गरेको छैन । उनले आम्दानीलाई नबाँधिए पनि नोटलाई सेफमा सुरक्षित राख्ने गरिएको बताए।


  •  
  •  
  •