प्रतिबन्धित भारु ६८ लाख सहित दुई जना पक्राउ

269
  •  
  •  
  •  

indian rs
काठमाडौं, १८ भदौ (ओएनएस): महानगरीय प्रहरी अपराध महाशाखा टेकुले हजार र पाँच सय दरका प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बनस्थलीबाट ६८ लाख २० हजार अवैध भारुसहित बाँकेका ४१ वर्षीय कृष्ण कुमारी शर्मा र गोरखाका २९ वर्षीय अर्जुन भण्डारी पक्राउ परेका हुन् ।

उनीहरुलाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सर्वसाधारणहरुलाई ठगी गर्ने उद्देश्यले हिँडिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुवै जना नोटको कारोबारी गर्ने भरिया मात्र रहेको प्रहरीले जानकारी दिएको छ।


  •  
  •  
  •