काठमाडौं ९ मंसिर (ओएनएस) : नेपाल–भारत सीमामा रहेको भारतीय अर्ध सैनिक बल एसएसवीले नेपाली भूमिमा प्रवेश गरेर गोली चलाएको छ । गोली चलाउँदा सुनसरीको हरिपुरमा चार जना नेपाली नागरिक घाईते भएका छन । रासाइनिक मलका विषयमा भएको विवादलाई जाडेरारतीय सुरक्षा बल नेपाली भूमिका प्रवेश गरेको सुनसरी प्रहरीले टेलिफोनमा जानकारी दियो ।
आज विहान ६ बजेर पछि सुनसरी जिल्लाको हरिपुर गाविसको भाण्टावारी बजारसँग भारतीय नागरिकले भारत तर्फबाट नेपाल तिर रसायनिक मल ल्याईरहेको अवस्थामा हल्ला चलेपछि विवाद भएको थियो । अवस्था नियन्त्रण लिन भन्दै भारतीय सुरक्षा बलले गोली चलाएको बताएको छ ।
सुरुमा ड्रेस र हतियार सहित छिरेका दुई एसएसवीले गोली चलाउँदै हरिपुर ७ का कामेश्वर यादवको छोरा अशोक यादव घाईते भएक छन् । त्यसपछि लाग्दा सादा पोसाकमा रहेका तीन जनाले फेरि फायर गरेका थिए । फाइरिङबाट स्थानीय नरेश यादव, मनोज यादव र सरोज यादवलाई गोली लागेको र स्थानिय स्वास्थ्य सस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तस्विर: चन्दन रौनियार