नेपाली भूमिमा फेरि पस्यो भारतीय प्रहरी, व्यापारीलाई नियन्त्रणमा लिने प्रयास

94
  •  
  •  
  •  

काठमाडौं २ माघ ।
सीमा रहेका नेपाली सुरक्षाकर्मीलाई गढीमाई दर्शन गर्न भन्दै झुक्याएर नेपाल प्रवेश गरेका भारतीय प्रहरीले बारा कलैयाबाट एक व्यापारीलाई नियन्त्रणमा लिन गरेको प्रयास स्थानीयको प्रतिकारमा असफल भएको छ । गढीमाई दर्शन गर्न भन्दै बाराको मटिअर्वा नाकाबाट सादा पोसाकमा नेपाल प्रवेश गरेका सात जना भारतीय प्रहरीको टोलीले कलैयामा किराना पसल सञ्चालन गर्दै आएका भारत सीतामढीका पप्पु साहलाई नियन्त्रणमा लिन प्रयास गरेको छ ।

बिनाकारण कलैया ५ मा रहेको साहको किराना पसललाई घेरा हालेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेपछि कलैया बजार क्षेत्र बिहीबार साँझ तनावपूर्ण बनेको थियो । अपहरण र हत्याको अभियोगमा साहलाई पक्राउ गर्न कलैया आएका भारतीय प्रहरीले आफ्नो परिचयपत्र नै नदिई उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

अपरिचित समूह बजार प्रवेश गर्दै पप्पु साहलाई नियन्त्रणमा लिएर गाडीमा हाल्न थालेपछि स्थानीयले होहल्ला गरेका थिए । होहल्ला पछि परिचयनै नदिई साहलाई पक्राउ गर्ने भारतीय प्रहरीको योजना विफल भएको थियो ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •