हतियार सहित भारतीय प्रहरी पक्राउ

186
  •  
  •  
  •  

डोटी, १३ बैशाख(ओएनएस) : डोटी र अछामको सिमा क्षेत्र चौखुट्टेबाट हतियार सहित भारतीय प्रहरी पक्राउ परेका छन् ।

भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिडेका भारतीय प्रहरी निरीक्षक सहित पाँच भारतीय प्रहरी पक्राऊ परेका हुन् । कञ्चनपुरस्थित पश्चिमी नाका गड्डाचौकी भएर हतियार सहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले चौखुट्टे नजिकैबाट पक्राउ गरेको हो ।

भारतको पञ्जावमा डाक्टर हत्या प्रकरणका आरोपीलाई खोज्न भन्दै अछाम जान लागेका बेला भारतीय प्रहरी पक्राउ परेको डोटी प्रहरीले जानकारी दिएको छ । भारतीय प्रहरीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई सँगै लिएर हिडेका थिए ।

भारतीय प्रहरीसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको प्रहरी स्रोतले बताएको छ । पक्राऊ परेका पाँचै जनालाई आइतबार कैलाली लगिएको छ । हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न नपाइने भएपनि भारतीय प्रहरी हतियार सहित बेलाबेलामा नेपाल प्रवेश गर्ने गरेका छन् ।


  •  
  •  
  •