भारतीय प्रधानमन्त्री मोदीद्धारा नेपालीको तस्वीर चोरी

528
  •  
  •  
  •  

bimal nepal fb photoकाठमाडौ, ६ कात्तिक : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली फोटोग्राफरको तस्विर चोरेको आरोप लागेको छ । अमेरिकामा रहेर फोटोग्राफी गर्दै आएका फोटोग्राफर बिमल नेपालले फेसबुकमार्फत आफूले खिचेको तस्विर भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिलिपी अधिकारबिना प्रयोग गरेको आरोप लगाएका छन् ।  नेपालले गत वर्ष छोरी अविनाको सहयोगमा आफ्नै भान्सा कोठामा दियोको उक्त तस्विर लिएको बताएका छन् । उनले उक्त तस्विर फेसबुक र इन्टाग्राममा साथीलाई तिहारको शुभकामना दिनका लागि पोष्ट गरेको बताएका छन् ।

तस्विरमा एस आकारमा बालिएको दियो सजाइएको छ । यस्तै, तस्विर मोदीले पनि आफ्नो फेसबुकमा तिहारको शुभकामनाका लागि प्रयोग गरेका छन् । दुई तस्विर सरसर्ती हेर्दा केही फरक देखीएपनि राम्रोसँग नियाल्ने हो भने दुई तस्विर एउटै तस्विर हो भन्नेमा सबै विस्वस्त हुन्छन् । तस्विरमा देखिएको पहिलो दियो र चौथो दियोको उज्यालोले पनि यी दुई तस्विर एकै हुन् भन्ने यकिन हुन्छ । यसरी दुवै तस्विर एक देखिएपछि बिमलले आफ्नो फेसबुकबाट आफ्नो तस्विर चोरी भएको आरोप लगाएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, “म इ‍मान्दारीका साथ भन्छु की भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फेसबुकमा मेरो तस्विर राखेका छन् । मेरो प्रश्न के हो भने खै त उक्त तस्विरको फोटोग्राफरलाई क्रेडिट दिइएको ? यदी मैले प्रतिलिपी अधिकारको कुरा उठाए भने के हुन्छ ? मलाई केही सुझाव दिनुस् ।”

narendra modi fb photoबिमलले खिचेको भनिएको सोही तस्विरमा थोरै परिवर्तन गरि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो फेसबुक पेजमा ‘धनतेरस के पावन अवसर पर सभी देशवासियों को शुभकामनाएं।यह पर्व आपके जीवन में सुख, समृद्धि और अच्छा स्वास्थ्य लेकर आए।’ लेखेका छन् । उनले अग्रेजीमा समेत लेखेका छन्, “Greetings on Dhanteras. May Lord Dhanvantari bless us with prosperity, joy and good health.”

मोदीले तस्विर राखेको केही बेरमा नै मोदीलाई इङगित गर्दै भारतीय प्रधानमन्त्रीले आफ्नो फोटोबिना अनुमति र प्रतिलिपी अधिकारको वास्ता नगरी प्रयोग गरेको बताएका थिए ।

भारतको चर्चित दैनिक हिन्दुस्तान टाइम्सले पनि बिमलले खिचेको तस्विर र मोदीले शुभकामनामा प्रयोग गरेको तस्वीरको तुलना गर्दै समाचार प्रकाशित गरेको छ । हिस्दुस्तान टाइम्सले बिमलको उक्त आरोपका बारेमा प्रतिक्रिया लिएपछि उनले हिन्दुस्तान टाइम्सलाई त्यो तस्वीर आफैले खिचेको दावी गर्दै ‘त्यो फोटो मैले लिएको हुँ, मेटाडाटाको प्रयोगबाट केही फि्लकर थपेर मोदीले आफ्नो फेसबुकमा राखेका हुन्’ भन्ने जवाऐ दिएको समेत हिन्दुस्तान टाइम्सले लेखेको छ । विमलले आफू भारतीय प्रधानमन्त्रीको ठूलो फ्यान भएको बताउँदै प्रधानमन्त्री मोदीले जसरी मेरो फोटोलाई प्रयोग गरेर फोटो क्रेडिट दिएनन् त्यो पूर्ण रुपमा अस्वीकार्य भएको बताएका छन् ।

यस घटनाले भारतसहित अमेरिकामा समेत निकै चर्चा चलेको छ । यससम्बन्धी समाचारहरूलाई निकै प्राथमिकता दिएर प्रकाशित गरिरहेको बताइएको छ ।


  •  
  •  
  •