भारतीय हस्तक्षेप बढ्न सक्छ : बराल

288
  •  
  •  
  •  

lok raj baralकाठमाडौ, २ जेठ(ओएनएस) : भारतका लागि नेपाली राजदुत समेत रहिसकेका प्रा.डा. लोकराज बरालले नेपालको आन्तरिक मामिलामा कुनै न कुनै रुपमा सधै जस्तो भारतको हस्तक्षेप हुने गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कारमा उनले मधेस डिस्टर्व हुँदा भारत समेत प्रभावित हुने भएकोले भारतको चासो हुनु स्वभाविक भएको भन्दै मधेस झनै डिस्टर्व हुँदै गए त्यसले झनै बढी हस्तक्षेप निम्त्याउने आशंका ब्यक्त गरे ।

उनले भारतसँगको सम्बन्धमा देखिएको चिसोपन हल्ला, भाषण र राष्ट्रियताको कुरा गरेर अन्त्य हुन नसक्ने भएकोले नेपालले शान्त कुटनीतिकमार्फत यसलाई हल गर्नु पर्नेमा जोड दिँदै नेपालले आन्तरिक मामिला आफै हल गरे यस्तो कुनै समस्या नआउने विश्वास ब्यक्त गरे । उनले भने, ‘नेपालको आन्तरिक कारणले सम्बन्ध चिसिएको हो । भारतले मिलेर जानु पर्छ भनि चासो मात्रै देखाएको हो ।’

उनले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध भएकोले सम्बन्धमा उतार चढाव भईरहने भन्दै अहिलेको जस्तो अवस्था पहिला नभएको बताए ।

उनले भने, ‘ईतिहासदेखिनै नेपाल भारत सम्बन्धमा उतार चढाव आईरहेको छ । यो सामान्य कुरा हो । यहाँको आन्तरिक समस्याले यस्तो भईरहेको हो । यहाँको आन्तरिक समस्या समाधान भए सम्बन्ध सुध्रिन्छ ।’

भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउनु नेपालको अस्थिर राजनीतिको उपज भएको भन्दै नेपालमा स्थायी अस्थिरता भएको तर्क गरे ।

उनले आन्तरिक राजनीतिले परराष्ट्र सम्बन्धलाई असर पार्ने समेत स्पष्ट पारे ।

उनले नेपालमा चीनको चासो तिब्बतमा समस्या उत्पन्न नहोस भन्ने र भारतको यहाँ चीन र अरुको गतिविधी नबढोस भन्ने नै रहेको तर्क गर्दै नेपालमा चीनको प्रभाव बढ्दा भारतसहित अमेरिका र यूरोपेली यूनियनको गतिविधी बढ्ने भएकोले त्यो नेपालकोलागि झनै हितकर नभएको तर्क गरे ।


  •  
  •  
  •