भारतीय पूर्वप्रधानमन्त्री सिंहलाई टिभी खोल्न पनि आउँदै

352
  •  
  •  
  •  

काठमाडौं २ भदौ । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई टिभी खोल्न पनि आउँदैन। उनलाई अण्डा उमाल्न पनि आउदैन। सिंहबारे उनकी छोरी दमन सिंहले लेखेको पुस्तक’स्ट्रिक्ली पर्सनलः मनोहन एण्ड गुरू शरण’ ले मनमोहनका जीवनका यस्ता अनौठा लाग्ने विषय खोतलेको छ।

मनमोहनबारे नयाँ तथ्य राखेकैले पुस्तक अहिले भारतमा चर्चामा छ। पुस्तकमा मनमोहन सिंह आफ्ना साथीभाईसँग रमाइलो गर्ने पनि उल्ल्ख छ। उनी आफू निकट मानिसलाई नयाँ नाम पनि दिन्छन्। ‘उहाँ निकट नेम दिन रूचाउनुहुन्थ्यो,’ यो पुस्तकमा लेखिएको छ,’ उहाँले आफू निकट मानिसहरूलाई त्यही निकट नेमबाट बोलाउनुहुन्थ्यो।’ पत्नी गुरशरण कौरलाई पनि मनमोहन सिंहले नाम दिएका थिए-गुरूदेव।


  •  
  •  
  •