रेणुदेवीको विचार व्यक्तिगत भएको भारतीय दूतावासको स्पष्टोक्ति

312
  •  
  •  
  •  

काठमाडौं, ६ फागुन (ओएनएस)  :  नेपालस्थित भारतीय राजदूतावासले भारतीय जनता पार्टी (भाजपा) की केन्द्रीय उपाध्यक्ष रणुदेवीले दिएको अभिव्यक्ति उनको व्यक्तिगत भएको भनी स्पष्टीकरण दिएको छ ।

दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै रेणुदेवीको वक्तव्यको विषयमा जानकारी नभएको बताएको छ ।

साथै रेणुदेवीको वक्तव्यले भारतीय सरकारको नीति प्रतिबिम्ति नगर्ने पनि स्पष्ट पारेको छ ।

यसअघि रेणुदेवीले नेपाल हिन्दू राष्ट्र हुनु पर्ने र जतीय राज्य बनाए नेपाल टुक्रा–टुक्रा हुने भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

indian-embassy-press-relese


  •  
  •  
  •