बजारमा छ्याप–छ्याप्ती बिक्री भैरहेका छन् भारतीय गुणस्तरहीन सामान

317
  •  
  •  
  •  

रुपन्देही,  पुुस १३ (ओएनएस) : खुल्ला सिमानाको कारण भारतबाट अबैध रुपमा सामान भित्रने क्रम बढेपछि नेपाली बजारमा भारतमा उत्पादित गुणस्तरहिन सामानको विक्रि बढेको छ ।

अबैधरुपमा भन्सार छलेर भित्राइने समानहरु नेपाली बजारमा सस्तोमा पाइएपनि ती सामान गुणस्तरहिन भएकाले उपभोक्ताहरु ठगिने क्रम बढेको छ । उपभोक्ता हितसँग सम्वन्धित ब्यक्तिहरुले भारतबाट नेपालमा भित्राइने खाद्यान्यहरुमा माटो नै मिसाएर पठाउदा समेत अनुगमन नहुदा उपभोत्ताहरु सधै मारमा परेको बताउने गरेका छन । जिल्ला तहमा हुने जिल्ला अनुगमन समितिहरु, मुलुकमा रहेका विभिन्न भन्सार नाकाहरु, राजश्व अनुसन्धान कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयहरु बेखबरउपभोक्ता ठगिने क्रम बढेको हो ।

तराईका जिल्लाहरुमा भारतमा उत्पादित मसलाहरु देखि दालमोट, पापडलगायतका खाद्य बस्तुहरु छयापछयाप्ती पाइन्छ । भन्सार छलेर ल्याइएका त्यस्ता बस्तुहरुमा कुनैमा उत्पादन मिति तथा विक्रि मुल्य समेत उल्लेख गरिएको हुदैन । अर्को तर्फ बोरामा ल्याइने वेसन, दालमोटहरु खुल्ला रुपमा विक्रि गरिन्छ ती गुणस्तरहिन रहेको उपभोक्ता हित सग सरोकार राख्नेहरु बताउछन । भारतले उत्पदान गर्ने मसाला अत्यन्तै गुणस्तर हिन भएको उपभोक्ता हित सरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्वु लामाले बताउछन् । भारतबाट नेपाल ल्याइने मसालमा दाना हेरेर माटो र रङ्ग मिसाएर पठाउने गर्दा उपभोत्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने दाबी उनको छ ।

बुटवल, भैरहवा, तौलिहवा, परासी, कृष्णनगरलगायतका बजारमा छयापछयाप्ती भारतमा उत्पादन गरिएका गुणस्तरहिन सामानको विक्रि बढेपनि यहाका सरकारी निकायहरु चुपचाप जस्तै रहेका छन । भारतीय बजारबाट झोले पोके ब्यापारी देखि साइकल तथा अन्य यातायातका साधन मार्फत भन्सारको मुल नाका तथा चोरी नाकाबाट भित्राइने यस्ता सामानहरु सहज रुमा नेपाली बजारमा पु¥याइदा पनि राजश्व अनुसन्धान कार्यालय, भन्सार तथा खाद्य अनुसन्धान तथा जिल्ला स्थीत जिल्ला अनुगमन समिति बेखबर जस्तै रहेका छन ।

भैरहवा भन्सार कार्यलयका प्रमुख प्रमुख लावण्ड ढकालले आफुहरुले गुणस्तर हिन सामान नेपाल भित्रिन नदिन सक्रियता देखाउदै आएको दावी गर्छन । खाद्य अनुसन्धान तथा क्वारेन्टाइनसग समन्वय गरेर चेकजाचपछि मात्र सामान भित्राउन दिएको दाकी उनको छ । तर चौधरी फुड पोडक्ट रुपन्देहीका सञ्चालक शन्तराम चौधरी भारतमा उत्पादित गुणस्तरहिन सामानको अयात नरोक्दा उपभोक्ता मात्र नभई उद्योगीहरु समेत पीडित बनेको गुनासो गर्छन् ।

बजारमा पछिल्लो समयमा भारतबाट आयत गरिएका गुणस्तरहिन मसालाजन्य पदार्थहरुको आयत बढेको छ । गुणस्तहीन मसालाहरु नेपाली बजारमा ल्याउदा आफुहरु ठगीएको यहाका उपभोत्ताहरुले समेत गुनासो गरेका छन् । नेपाली खाद्य उद्योगीहरुले भन्सार , राजस्व , तथा प्रहरी प्रशासनले ध्यान नदिदा आफुहरु मर्कामा परेको बताएका छन् ।

नेपालमा हाल गोल्डी नामक मिट मसला, सब्जी मसाल , च्याट मसाल देखि लिएर विभिन्न नामका दालमोट, वेसन, पापड जस्ता खाद्य सामाग्री भित्रिने क्रम बढेको छ । जुन नेपालमै उत्पादन हुने नेपाली जस्तै देखिने तर स्वाद र गुणस्तर कमजोर भएको गुनासो धरै उपाभोत्ताहरुको गरेका छन् । त्यस्तै गुणस्तरहिन चकलेट, तेलहरु पनि नेपाली बजारमा भित्रिने क्रम बढेको छ ।

जिरा, धनिया, वेसार, ‘खुर्सानी कुन रंगका छन त्यही रंगको माटो मिसाएर नेपालमा पठाइन्छ भारतमा त्यस किसिमका रंग भएका माटोको विक्रि समेत हुने गर्छ ’ उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष लामाको भनाई छ । मुल्य बढेको छ तर गुणस्तर घटेको छ । गुणस्तरका सवालमा अनुगमन नै नभएको उनको भनाइ छ । पटक पटक जिल्ला अनुगमन समितिलाई सक्रिय पार्न दवाव दिएपनि भत्ता पचाउने काम वाहेक अरु हुन नसकेको उनको भनाइ छ ।

नेपाली उत्पादनले यहाँको बजार थेग्न सक्ने तर गुणस्तरहिन सामानसग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेको अनुभव नेपाली उद्योगीहरुको छ । नेपाली उद्योगीहरु उपभोक्तालाई ख्याल गरेर उत्पादन र विक्रि गर्छन तर भारतीयहरुले नेपालीको स्वस्थ्यमा ख्याल गर्दैन मात्र आम्दानी हेर्छन जसले गर्दा खाद्य बस्तुमा अखाद्य वस्तु मिसाएर नेपाल पठाउने क्रम बढेको छ ।

रुपन्देही उद्योग सघका निर्वमान अध्यक्ष तेज कुमार पाठक नेपाली उत्पादन सहज रुपमा भारत पठाउन नसकिने तर भारतीय उत्पादन सहज रुपमा भित्रिने क्रम नरोकिदा सम्म नेपालीहरु ठगिने क्रम जारी रहने बताउछन । भारतका दिलिल देखि विभिन्न शहरमा उत्पादन भएका तर गुणस्तरहिन सामानहरुको डम्पिङ साइट नेपाललाई बनाइएको अनुभुती उनको छ । नेपालीहरु ठगिने क्रम रोक्नका लागि भन्सार नाकामै खाद्य प्राविधिक राखी चेक जाँच बढाउनुपर्ने सुझाव उनको छ ।


  •  
  •  
  •