नेपालमा भारतका ५ सय र १ हजारका नोट चल्ने

164
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक (ओएनएस) : भारतीय मुद्रा नेपालमा खोल्ने तयारी गरिएको छ । भारतीय ५ सय र १ हजारका नोट बैधानिक रुपमा खोल्ने तयारी गरिएको हो ।भारतको विदेशी विनियम नियमन ऐनका कारण हाल १ सय भन्दा बढीका भारतीय नोट चलाउन पाइएको छैन । सो नियमन ऐनलाई संशोधन गरेर नेपाल र भुटानका लागि मुद्रा खोल्न लागेको हो ।

भारतले पहिलो चरणमा नेपालमा बस्ने भारतीय नागरिकलाई मात्र सो सुविधा प्रदान गर्न लागिएको हो । भारतीय रिजर्ब बैंकका अधिकारीले आफ्ना नागरिकका लागि मात्र खुला हुन लागेको र सबैलाई खुला गर्न केही समय लाग्ने बताएका छन् । हिन्दुस्तान टाइम्सले लेखेको छ ।

यस विषयमा सैद्धान्तिक रूपमा सहमति भइसकेको बताइएको छ । अव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले धारणा राखेपछी घोषण गरिने बताइएको छ । यी दरका नोट खुला गर्न दुवै सरकार र केन्द्रीय बैंकबीच छलफल भएको छ । भारतले कानुनमा संसोधन गरी नसकेकोले नेपाली पक्षलाई सबै जानकारी दिएको छैन ।
नेपालले लामो समयदेखि यी दरका नोट खुला गर्न माग गरिरहेको थियो । सीमाबाट ठूला नोट ल्याउन नपाउने र लुकाएर ल्याए पनि चलाउन नपाउने समस्या भएकोले विशेषगरी रोजगारीका लागि भारत जाने नेपाली कामदारलाई ठूला नोट नचल्ने समस्या छ ।

भारत र नेपालमा व्यापार गर्नेलाई पनि ठूला दरका नोट नचल्दा समस्या भएको छ । भारतमा नेपाल हँुदै नक्कली नोट भित्रिने जोखिमका कारण ठूला नोटको कारोबार रोकिएको हो ।
ठूला दरका भारतीय नोट खुला गर्दा व्यापार सहजीकरण हुने भारतीय पक्षको विश्वास छ । विशेषगरी नरेन्द्र मोदी प्रधानमन्त्री नियुक्त भएपछि दक्षिण एसिया र छिमेकमा विशेष चासो लिंदै आएका छन् । नोट खुला गरिएपछि पनि नेपालमा नक्कली नोट पहिचान गर्नका लागि विशेष व्यवस्था भने आवश्यक देखिन्छ ।


  •  
  •  
  •