भारतीयले कुटेर लखेटे मोर्चाका नेतालार्इ

118
  •  
  •  
  •  

काठमाडौं २४ माघ । वीरगन्ज रक्सौल नाकामा अवरोध गर्न शनिबार दिउँसो मितेरी पुलमा पुगेका मधेसी दलका नेता र कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीय बासिन्दाले लखेटेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार दिउँसोदेखि खुलेको नाका शनिबार फेरि अवरुद्ध पार्ने निर्णय गरेको थियो ।

मोर्चाको निर्णयअनुसार नाका अवरुद्ध पार्न तमलोपाका महामन्त्री जितेन्द्र सोनल र संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा गएको मोर्चाका करिब दुई दर्जन कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीयले। कुटेर लखेटेका हुन् ।

नाका अवरुद्ध पार्न गएका मोर्चाका कार्यकर्ता र भारतीयबीच झडप पनि भएको थियो । झडपका क्रममा मोर्चाका तीन जना कार्यकर्ता घाइते भएका छन् । वीरगन्ज मुर्लीका मीर मन्सुरीसहित तीनजना घाइते भएका हुन् । मन्सुरीको टाउको फुटेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ ।

एक सय ३५ दिनपछि शुक्रबारदेखि खुलेको वजीरगन्ज-रक्सौल नाका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालो शनिबार पुनः अवरोध गर्न खोज्दा भारतीयले मोर्चाका नेता तथा कार्यकतालाई कुटेर लखेटेका हुन् ।  अन्नपूर्णपोष्ट


  •  
  •  
  •