राजदुत रायको विरोधमा चितवन बन्द आह्वान

67
  •  
  •  
  •  

चितवन, १२ भदौं (ओएनएस) : नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालको आर्थिक विकासका लागि पीडीए सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल, चितवन शाखा भरतपुरमा आयोजना गरेकोे साक्षात्कार कार्यक्रममा बोल्दै राजदुत रायले नेपालको विकास जलविद्युत्संग जोडिएकाले यो सम्झौता हुनेमा विश्वास व्यक्त गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको भन्दै यसले नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ बनाएको बताए । उनले पीडीए सम्झौताले नेपालको आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै यो सम्झौता गर्न आवश्यक रहेको बताए । राजदुत रायले नेपालको विकास लागि भारत सधै तत्तपर रहेको समेत बताए ।

राजदुत रायले चितवनको शैक्षिक विकासका लागि नै भारत सरकारले विद्यालय भवन निर्माण गरेको भन्दै चितवन बन्दले स्वंम चितवनबासीलाई घाटा हुने बताए । उनको विरोध गर्दै नेकपा–माओवादीले शुक्रबार चितवन बन्दको आह्वान गरे । । उनले चितवन बन्दको विषयमा आफूलाई कुनै जानकारी समेत नभएको स्पष्ट पारे । रायको विरोधमा बन्द आह्वान भएपछि चितवनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।


  •  
  •  
  •