भारतीय राजदूतले लुम्बिनीमा बृक्षारोपण गरेपछि विवाद, विकासको कोषको आपत्ति

229
  •  
  •  
  •  

लुम्बिनी, २६ मंसिर (ओएनएस) : लुम्बिनीको मायादेवी मन्दिर नजिक भारतीय राजदूत रञ्जीत रेले बोधिवृक्ष रोपेपछि विवाद उत्पन्न भएको छ ।

विश्वसम्पदा सूचीमा रहेको पुरातात्विक हिसाबले अति जोखिमयुक्त क्षेत्र घोषणा गरिएको स्थानमा कुनैपनि वृक्ष रोप्न नपाइने प्रावधान भएपनि भारतीय पक्षले ठाडो बेवास्ता गर्दै मायादेवी मन्दिरको १०० मिटरको दूरीमै वृक्षरोपण गरेको थियो ।

सरकारका दुईवटा मन्त्रालयबीच तालमेल मिल्न नसक्दा बुद्ध जन्मस्थल लुम्बिनीको पवित्र उद्यानको निषेधित क्षेत्रभित्र बोधिवृक्ष रोपिएको लुम्बिनी विकास कोषको उच्च स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले संस्कृति मन्त्रालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषसँग समन्वय नै नगरी मायादेवी मन्दिर परिसरमा बोधिवृक्ष रोप्न भारतीय पक्षलाई एकतर्फी रुपमा वृक्षरोपण गर्न पत्र दिएपछि युनेस्कोले अति जोखिमयुक्त क्षेत्र घोषणा गरेको क्षेत्रभित्र भारतीय राजदूतले बोधिवृक्ष रोपेको बुझिएको छ ।

पवित्र बाटिका बाहिरको ट्रि प्लान्टेसन जोनमा रोप्नुपर्नेमा युनेस्कोले बेलाबेलामा उत्खनन गरिरहेको मायादेवी मन्दिर नजिकै बोधिवृक्ष रोपिँदा यसले ठूलो समस्या निम्त्याउने चिन्ता कोषले व्यक्त गरेको छ ।

कोषका अनुसार लुम्बिनी विकास कोषका उच्चस्तरका पदाधिकारीले सम्झाउँदा सम्झाउँदै पनि भारतीय पक्षले बलजफती बोधिवृक्ष रोपेको हो ।

सम्राट अशोकका धर्मदूत महेन्द्र र संघमित्राले बोधगयाबाट लगी श्रीलङ्काको अनुराधापुरमा रोपेको र २०५२ सालमा श्रीलङ्काको अनुराधापुरबाट बुद्धले ज्ञानप्राप्त गर्नुभएको सोही बोधिवृक्षलाई तत्कालीन समयमा पनि लुम्बिनीको पवित्र बाटिकाभित्र रोप्न नदिई पवित्र बाटिका बाहिर रोप्न दिइएको थियो । यसपटक भारतीय टोलीले कसैको कुरा नसुनी अति जोखिमयुक्त क्षेत्रमा वृक्षरोपण ग¥यो ।

युनेस्को, पुरातत्व विभाग र लुम्बिनी गुरुयोजनाले मायादेवी मन्दिरमा असर पर्ने भन्दै आसपासमा रहेका अन्य वृद्धसमेत काट्न निर्देशन दिएका बेला सोही स्थानमै वृÔ रोपिंदा ठूलो समस्या आएको पुरातत्वविद्हरूले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनमा नेपाल आएका बेला लुम्बिनीमा आएर बोधगयाबाट ल्याएको बोधिवृक्ष रोप्ने कार्यक्रम थियो ।

सो कार्यक्रम स्थगित भएपछि बुधबार राजदूत रेले बोधिवृक्ष रोपेका हुन् । भारतीय प्रधानमन्त्रीका लागि रोप्ने भनी तय गरिएको स्थानभन्दा पनि मायादेवी मन्दिर नजिक गएर उहाँले बोधिवृक्ष रोप्नुभएको हो ।

मोदीका लागि त्यतिबेला मायादेवी मन्दिरदेखि उत्तर ५०० मिटर टाढा वृक्षारोपण गर्ने स्थान तय भएको थियो । लुम्बिनी आउने उच्च व्यक्तिहरूका लागि वृक्षारोपण गर्ने स्थान छुट्टै रहेको छ ।

कोषले मायादेवी मन्दिरको परिसर बाहिर वृक्षारोपणका लागि स्थान तोकेको थियो तर भारतीय पक्षले परिसर बाहिर वृक्षारोपण नगरी भित्रै गर्ने भन्दै दबाब दिएपछि मायादेवी मन्दिर नजिकै बोधिवृक्ष रोपिएको बताइन्छ ।

“बरु हामी बिरुवा नै रोप्दैनौँ फर्किन्छौँ भनेपछि बाध्य भएर रोप्न दियौँ,” कोषको उच्च स्रोतले भन्यो । मन्दिर नजिकै रोपिएको वृक्ष ठूलो भएपछि २५÷३० मिटरसम्म त्यसको जरा फैलने हुदा मायादेवी मन्दिर, अशोक स्तम्भ लगाएका संरचनामा ठूलो असर पार्ने चिन्ता कोषको छ ।


  •  
  •  
  •