रहेनन अमरापुरकर

145
  •  
  •  
  •  

बलिउडका चर्चित खलनायक सदाशिव अमरापुरकरको मुम्बईमा निधन भएको छ । ६४ बर्षीय अमरापुरकर विगत ८ दिनदेखि धिरुभाई अम्बानी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। उनी फोक्सोको समस्याबाट पीडित उनको सोमबार विहान बजे निधन भएको हो।

उनले हालसम्म अमरापुरकरले करिब २५० फिल्ममा काम गरेका छन्। त्यसमध्ये अर्धसत्य, सडक, हकुमत, आँखे र इश्क उनले अभिनय गरेका चर्चित फिल्म हुन ।
अमरापुरकरले सर्वश्रेष्ठ खलनायकको फिल्म फेयर अवार्ड जितेका थिए ।


  •  
  •  
  •