इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सलाई

73
  •  
  •  
  •  

काठमाडौं । इन्डियन प्रिमियर लिग २०१९ को फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि जितेको छ ।

चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको उपाधि जितेको हो ।  डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।
मुम्बईका लागि केइरन पोलार्डले ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए ।
ओपनर क्वीन्टन डि ककले २९ रन बनाए भने इशान किसनले २३ रन, हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाएका थिए ।

बलिङतर्फ दिपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिएका थिए ।
१ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए ।
चेन्नईका लागि फाफ डु प्लेसिसले २६ रन बनाए भने ड्वाइन ब्राभोले १५ रन जोडेका थिए ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लसिथ मलिंगा र राहुल चहरले एक–एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।


  •  
  •  
  •