भारतद्धारा युएई ९ विकेटले पराजित

140
  •  
  •  
  •  

indian teamकाठमाडौ, १६ फागुन(ओएनएस) :  विश्वकप अन्तरगतको आज भएको भारत र संयुक्त अरब इमिरेट्स(युएई)बीचको खेलमा भारतले ९ विकेटको सहज जीत हासिल गरेको छ । पर्थको वेस्टर्न अष्ट्रेलिया क्रिकेट एशोसियसन मैदानमा भएको खेलमा भारतले आफ्नो १ विकेट गुमाएर विजय लक्ष्य भेट्टाएको थियो ।

भारतले १ सय ३ रनको झीनो विजय लक्ष्य पछ्याउने क्रममा मात्र १८ ओभर ५ बलमा आफ्ना १ विकेट गुमाएर विजय हासिल गरेको थियो । भारतलाई जीतसम्म पुर्याउनका लागि रोहित शर्माले सर्वाधिक रन बनाउने क्रममा ५७ रन जोडेका थिए भने उपकप्तान विराट कोह्लीले अविजित ३३ रन र शीखर धवनले १४ रन जोडेका थिए । युएईका मोहम्मद नाभेदले १ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरको खेलमा मात्र ३१ ओभर ३ बल खेल्दै आफ्ना सबै विकेट गुमाएर १ सय २ रन जोड्न सकेको थियो । युएईका तर्फबाट शैमन अनवरले सर्वाधिक ३५ रन जोडेका थिए । यस्तै, खुराम खानले १४ रन र मन्जुला गुरुगले १० रन जोडेका थिए भने अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

युएईलाई उक्त स्कोरमा रोक्नका लागि रविचन्द्रन आश्विनले ४ विकेट लिएका थिए भने उमेश यादव र रवीन्द्र जडेजाले समान २-२ विकेट र मोहित शर्माले १ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच आश्विन घोषित भएका छन् ।


  •  
  •  
  •