बंगलादेशलाई पराजित गर्दै भारत सेमिफाइनलमा

161
  •  
  •  
  •  

Cricket WCup India Bangladeshकाठमाडौ, ५ चैत(ओएनएस) :  विश्वकपको जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा भारतले बंगलादेशलाई १ सय ९ रनले पराजित गरेको छ । मेलवर्न क्रिकेट ग्राउण्डमा भएको खेलमा ३ सय ३ रनको विजय लक्ष्य पछ्याउने क्रममा मात्र १ सय ९३ रनमा समेटिएपछि बंगलादेशले १ सय ९ रनको पराजय बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

बगलादेशलाई उक्त स्कोरसम्म पुर्याउनका लागि नासिर हुसेनले सर्वाधिक ३५ रन जोडेका थिए भने सब्बिर रहमानले ३० रन, सोम्य सरकारले २९ रन, मुस्फिकर रहिमले २७ रन, तमिम इकवालले २५ रन र महमुद्दुलाह रियादले २१ रन जोडेका थिए । बंगलादेशलाई उक्त स्कोरमास रोक्नका लागि उमेश यादवले ४ विकेट लिएका थिए । यस्तै, मोहम्मद शामी र रवीन्द्र जडेजाले समान २-२ विकेट र मोहित शर्माले १ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको भारतका तर्फबाट रोहित शर्माले विश्वकपमा मेडन शतक प्रहार गर्दै ३ सय रनको स्थितिमा पुर्याएका थिए । रोहित शर्माले १ सय २६ बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै १ सय ३७ रन जोडेका थिए । उनले ६५ रन जोडेका सुरेश रैनासँग मिलेर १ सय २२ रनको साझेदारी गरेका थिए ।

भारतका लागि प्रारम्भिक ब्याटस्म्यान शीखर धवनले ३३ रन, अजिक्य रहाणेले १९ रन, कप्तान महेन्द्र सिंह धोनीले रन र विराट कोह्लीले मात्र ३ रन जोडेका थिए । बंगलादेशका लागि सकिब अल हसन, टाक्सिन अहमद, मोस्राफी मुर्ताजा र रूबेल हसनले समान १-१ विकेट लिएका थिए ।


  •  
  •  
  •