एसिया कपमा भारतको कीर्तिमानी जित, बंगलादेश पराजित

235
  •  
  •  
  •  

काठमाडौँ, २४ फागुन(ओएनएस) : एसियाको कपको गयराती सम्पन्न खेलमा भारतले कीर्तिमानी जित दर्ता गरेको छ । भारतले एसिया कपको फाइनलमा बंगलादेशलाई पराजित गर्दै सर्वाधिक उपाधी जित्ने टोलीको कीर्तिमान कायम गरेको हो ।

मिरपुरको शेरे बंगला स्टेडियममा भएको खेलमा बंगलादेशलाई भारतले ८ विकेटले पराजित गर्दै सर्वाधिक अर्थात् ६ पटक उपाधी हासिल गरेको छ । यसअघि श्रीलंका र भारतले समान ५-५ पटक उपाधी जितेका थिए ।

गयराती सम्पन्न खेलमा १ सय २१ रनको विजय लक्ष्य पछ्याएको भारतले ७ बल बाँकी रहँदा जित हासिल गरेको हो । भारतलाई जित दिलाउनका लागि शिखर धवनले सर्वाधिक ६० रन जोडेका थिए भने विराट कोह्लीले अविजित रहँदै ४१ रन र कप्तान महेन्द्र सिंह धोनीले अविजित रहँदै २० रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बंगलदेशले निर्धारित १५ ओभरको खेलमा आफ्ना ५ विकेट गुमाउँदै १ सय २० रन जोडेको थियो । उसका लागि मह्मुदुल्लाहले अविजित रहँदै ३३ रन जोडेका थिए भणे शविर रहमानले पनि अविजित रहँदै ३२ रन, सकिब अल हसनले २१ रन जोडेका थिए ।

खेलको म्यान अफ दी म्याच शिखर धवन घोषित भए भने प्लेयर अफ दी टुर्नामेन्ट बंगलादेशका सबिर रहमान घोषित भएका छन् ।


  •  
  •  
  •