परिवार नियोजनमा लापरवाहिका कारण भारतमा १३ महिलाको मृत्यु

129
  •  
  •  
  •  

INdiaकाठमाडौं, २६ कात्तिक (एजेन्सी)  भारतमा महिलाका लागि आयोजना गरिएको स्थायी परिवार नियोजन शिविरमा भएको चिकित्सकको लापरवाहिकाकारण कम्तीमा १३ महिलाको मृत्यु भएको छ ।

लापरबाहीका कारण२० महिला गम्भीर बिरामी भएका छन् । भारतको छत्तीसगढ राज्यमा सरकारले गरेको स्वास्थ्य शिविरमा चिकित्सकहरुले लापरवाहि गरेपछि महिलाहरुको मृत्यु भएको हो । दुई दिनका लागि गरिएको स्वास्थ शिविरमा सयौं महिला सहभागी भएका थिए ।

परिवार नियोजनका क्रममा भएको शल्यक्रियामा लापरवाहिका हुँदा ती महिलाको मृत्यु भएको बताइएको छ । घटनाका बारेमा छानविन गर्न छत्तीसगढ राज्यको स्वास्थ्य विभागले तीन सदस्यीय एक छानविन समिति गठन गरेको छ भने स्वस्थ्यमन्त्रि अमर अग्रवालले नैतिक जिम्मेवारी लिएका छन् ।

 


  •  
  •  
  •