यु–१९ एसिया कप : नेपाल भारतसँग ६ विकेटले पराजित, सेमीफाइनल यात्रा समाप्त

312
  •  
  •  
  •  

काठमाडौँ, १ पुस (ओएनएस) : श्रीलंकामा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल टेष्ट मान्यता राष्ट्र भारतसँग ६ विकेटले पराजित भएको छ ।

लगातारको दोस्रो हारसँगै नेपालको नेपालको सेमीफाइनलको सम्भावना समाप्त भएको छ ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।
१ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३३ ओभर ३ बलमै ४ विकेटको क्षतिमा भेट्टायो । भारतका हिमांशु रानाले सर्वाधिक ५१ रन बनाए । उनले ६१ बल खेलेका थिए । त्यसैगरी, शुबमान गिलले ६३ बलमा ५७ रन, प्रियम रागले ४२ बलमा ३६ रन बनाए ।

नेपालका पवन सर्राफ ३ र सन्दीप लामिछाने १ विकेट लिन सफल भए ।

लगातारको दोस्रो पराजयसँगै नेपाल १ खेल अघि नै समूह चरणबाट बाहिरिएको छ । अब नेपालले आइतबार मलेसियासँग खेल्नेछ ।

 


  •  
  •  
  •