भारतविरुद्ध पाकिस्तानको शानदार जित

98
  •  
  •  
  •  

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२१ अन्तर्गत सुपर–१२ समूह ‘बी’ को खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो ।

पाकिस्तानले भारतसँगको पाँच टी–२० विश्वकप र ७ एकदिवसीय विश्वकप गरि जम्मा १२ खेलको हारपछि नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो।

पाकिस्तानले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रनको मध्यम योगफल तयार पारेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १७.५ ओभर खेल्दै बिना क्षति भारतविरुद्ध बहुप्रतिक्षित जित दर्ता गराउन सफल भएको हो।


  •  
  •  
  •