युद्धविरामको उल्लंघन गर्दै भारत–पाकिस्तान सीमामा गोली हानाहान

361
  •  
  •  
  •  

रजौरी, जम्मुकश्मीर (एएनआई) : सोमबार बिहानै पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै भारतको जम्मुकश्मीरतर्फ फायरिङ गरेपछि भारतीय सेनाले पनि जवाफी फायरिङ गरेको छ ।

बिहान ५ बजेको समयमा भारतीय सेनाको क्याम्पतर्फ भएको पाकिस्तानी गोलाबारीलाई जवाफ दिँदै भारतीय सेनाले जवाफी फायरिङ शुरु गरेपछि सवा ७ बजेसम्म स्थिति तनावपूर्ण बनेको थियो ।

पाकिस्तानका तर्फबाट आइतबार साँझ ६ बजेदेखि युद्धविराम उल्लंघन गरिएको थियो भने यो क्रम पाकिस्तानको तर्फबाट पुञ्च एरियामा बुधबार शुरु गरिएको थियो ।


  •  
  •  
  •