भारत र अष्ट्रेलियाबीचको चौथो टेस्ट बराबरी

274
  •  
  •  
  •  

२६ पुस (एजेन्सी) :  भारत र अष्ट्रेलियाबीचको चौथो टेस्ट बराबरीमा सकिएको छ । जितको लागि ३४८ रनको लक्ष्य पाएको भारतले अन्तिम दिनको खेल सकिदा ७ विकेटको क्षतिमा ७ विकेटको क्षतिमा २५२ रन मात्र जोड्न सक्यो ।

यता अष्ट्रेलियाको पनि जित हात पार्नको लागि भारतको अन्तिम ३ विकेट लिन सकेन । पहिलो र दोस्रो टेस्ट जितको अष्ट्रेलियाले सिरिज यसअघि नै २–० ले कब्जा गरिसकेको छ । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो ।

मध्यक्रमका भरपर्दा ब्याट्सम्यान अजिन्का राहाणेले सम्हालिएर खेल्दै ३८ रन बनाउँदा अष्ट्रेलिया जितबाट बन्चित भयो । क्रिजमा भुवनेश्वर कुमार १ रनमा अविजित हरे । त्यसअघि भारतको लागि कप्तान विराट कोहलीले ४६, ओपनर मुरली विजयले ८०, रोहित शर्माले ३९ रन जोडे ।

सुरेश रैना र ऋद्धिमान साह दुबै शून्य रनमा पेभिलियन फर्के पनि राहाणेले सम्हालिएर ब्याटिङ गर्दै भारतलाई हारबाट जोगाए । बलिङतर्फ अष्ट्रेलियाका जोस हजलउड, नाथन लियोन र मिचेल स्टार्कले २–२ विकेट लिए ।

त्यसअघि अष्ट्रेलियाले दोस्रो इनिङमा कप्तान स्टेभिन स्मीथको ७१ र जोए वर्नको ६६ रनको मद्दतमा ६ विकेटको क्षतिमा २५१ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङमा अष्ट्रेलियाले डेभिड वार्नरको १०१ र साउन मार्सको ११७ रनको मद्दतमा ५७२ रन बनाएको थियो । भारतले लोकेश राहुलको ११० र कप्तान विराटको १४७ रनको मद्दतमा ४७५ रन बनाएको थियो ।


  •  
  •  
  •