नेपालबाट भारतले सिक्नैपर्छः भारतीय प्रधानमन्त्री मोदी

282
  •  
  •  
  •  

modi-in-lalkillaकाठमाडौ, ३० साउन(एजेन्सी) : आज भारतको ६८ औ स्वतन्त्रता दिवस, यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लामा दिएको भाषणमा नेपालको समेत निकै प्रशंसा गरेका छन् । उनले नेपाललाई बुद्धभूमी रहेको बताउँदै हरेक नेपाली युवा अहिले संविधानको प्रतिक्षा गरिरहेको बताएका छन् ।

उनले केही समय अघि आफू नेपाल गएको त्यहाँ आन्तरिक द्धन्द्ध व्यवस्थापनको उत्कृष्ट नमूना आफूले देखेको बताएका छन् । उनले आन्तरिक द्धन्द्धमा फसेको बुद्धभूमी नेपाल कसरी शान्ति र लोकतन्त्रतर्फ अगाडि बढ्यो भन्ने विषय भारतले समेत सिक्नुपर्ने बताए । नेपालमा भइरहेको शान्ति प्रक्रियाको पनि उनले खुलेर प्रशंसा गरेका छन् ।

युद्धबाट ग्रस्त भएको बुद्धभूमी नेपाल कसरी शस्त्रबाट शास्त्रमा रूपान्तरण भएको भन्दै यसबाट भारतले समेत ठूलो पाठ सिक्नुपर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री मोदीले लालकिल्लामा के भने ?…(भिडियोमा)

भिडियोमा नेपालको प्रशंसा गरेको समेत समावेश गरिएको छ । उक्त भिडीयोको २१ औ मिनेटमा नेपालको प्रशंसाका शब्दहरू मोदीले राखेका छन् । हेरौ भिडियो


  •  
  •  
  •