रोहितको शतकपछि बंगलादेशलाई ३ सय ३ रनको विजय लक्ष्य

167
  •  
  •  
  •  

Cricket WCup India Bangladeshकाठमाडौ, ५ चैत(ओएनएस) :  विश्वकपको जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा भारतले बंगलादेशलाई जीतका लागि ३ सय ३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । मेलवर्न क्रिकेट ग्राउण्डमा भएको खेलमा टस जितेर ब्याटिङ थालेको भारतका तर्फबाट रोहित शर्माले विश्वकपमा मेडन शतक प्रहार गर्दै भारतलाई ३ सय २ रनको स्थितिमा पुर्याएका थिए । रोहित शर्माले १ सय २६ बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै १ सय ३७ रन जोडेका थिए । उनले ६५ रन जोडेका सुरेश रैनासँग मिलेर १ सय २२ रनको साझेदारी गरेका थिए ।

भारतका लागि प्रारम्भिक ब्याटस्म्यान शीखर धवनले ३३ रन, रवीन्द्र जडेजाले अविजित रन, अजिक्य रहाणेले १९ रन, कप्तान महेन्द्र सिंह धोनीले रन र विराट कोह्लीले मात्र ३ रन जोडेका थिए । बंगलादेशका लागि टाक्सिन अहमदले ३ विकेट लिएका थिए । यस्तै, सकिब अल हसन,  मोस्राफी मुर्ताजा र रूबेल हसनले समान १-१ विकेट लिएका थिए ।


  •  
  •  
  •