भारतीय सेनाध्यक्ष नरवणे भेटघाटमा व्यस्त(फोटो फिचर)

89
  •  
  •  
  •  

काठमाडौं ।  नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे विभिन्न कार्यक्रममा सहभागी भएका छन् । नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ।

सैनिक मुख्यालय जङगीअड्डामा आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरेका थिए।

सेनाध्यक्ष नरवणेले बिहीबार जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपेका छन्। त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको छ।

यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए। नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न बुधबार नेपाल आएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन्।

तस्बिरमा हेर्नुहोस्

 


  •  
  •  
  •