काठमाडौँ, १६ कात्तिक(ओएनएस) : भारतले सोमबार वीरगञ्जमा प्रहरीसँग भएको झडपमा मारिएका आफ्ना नागरिक ‘निर्दोष’ रहेको दावी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको समस्या राजनीतिकज भएको र बल प्रयोग गरेर समाधान गर्न नसकिने उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपालले के गर्नुपर्ने भन्ने पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले जिम्मेवारीपूर्वक र प्रभावकारी रूपमा नेपालमा यस्तो अवस्थामा आउनुका कारणहरू सम्बोधन गरेर अगाडि बढ्नुपर्छ ।’
साथै विज्ञप्तिमार्फत भारतले आफ्ना जनतालाई पनि सचेत रहन आग्रह गरेको छ र नेपालको अवस्थालाई सावधानीपूर्वक नियालिरहेको जनाएको छ ।