संविधान संशोधन सकारात्मक : भारत

264
  •  
  •  
  •  

india express happiness about constitutionकाठमाडौँ, १० माघ(ओएनएस) : नेपालको संसदले शनिबार पारित गरेको संविधान संशोधन विधेयक सकारात्मक भएको भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शनिबार नेपालको संसदले पारित गरेको विधेयकको स्वागत गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संसदमा हिजो(शनिबार) दुईवटा संशोधन विधेयक पास हुनुलाई सकारात्मक विकासका रूपमा हामी सम्मान गर्छौ । हामीलाई विश्वास छ अन्य विषयहरू पनि यसैगरी सम्बोधन गरिनेछ ।’

शनिबार बसेको संसद बैठकले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि सरकारले पेश गरेको समानुपातिक समावेशी र निर्वाचन क्षेत्रसम्बन्धी संशोधन विधेयक परिमार्जनसहित पारित गरेको थियो ।


  •  
  •  
  •