नाकाबन्दीबारे प्रमुख भारतीय दैनिकमा सम्पादकीय

131
  •  
  •  
  •  

भारतले बाँकी नेपालको टाउकोमा बन्दुक तेस्र्याएर मधेसको वकालत गर्‍यो : इन्डियन एक्सप्रेस

नेपालले भनेअनुसार भारतीय नाकाबन्दीका कारण भएको इन्धन संकट र मूल्यवृद्धिले भारतविरुद्ध काठमाडौं उपत्यकाभित्र आवेश उत्पन्न गराएको छ । नेपालका उपप्रधानमन्त्रीले सोमबार नाकाबन्दीको विरोध गर्न संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग कुराकानी गरे । प्रधानमन्त्री मोदीले सीमापारबाट गएका भारतीय नागरिकको मृत्युको विरोध गरेका छन् । नयाँदिल्लीको यो दाबी सत्य हुनसक्छ कि ट्रक व्यवसायीहरू समस्याग्रस्त तराईबाट सामान ढुवानी गर्न अनिच्छुक छन् । तर, काठमाडौंसँगै सहकार्य गर्नुपर्छ सेफ ट्रान्जिटका लागि, साइडलाइन्समा उभिएर होइन । सारमा भारतले बाँकी नेपालको टाउकोमा बन्दुक तेस्र्याएर मधेसको पक्षबाट वकालत गरिरहेको छ । यसबाट संकट समाधान भइसकेपछिसम्म पनि आक्रोश बढ्ने निश्चित छ ।

नेपालमा भारतीय युवाको मृत्यु : दुवै देशका लागि वेकअप कल हो : द हिन्दू

नेपाल र भारतबीच आँकलनको खतरनाक खेल खेलिँदै छ र नेपाली प्रहरीको गोली प्रहारबाट भारतीय युवाको मृत्युलाई दुवै देशले वेकअप कलका रूपमा लिनुपर्छ र यो असन्तुष्टिको तत्काल अन्त्य गरिनु आवश्यक छ । आफ्नोतर्फबाट नयाँदिल्लीले के महसुस गर्नुपर्छ भने शब्द र कर्ममा मात्रै होइन, नेपाललाई साँघुरो पार्दै छ भन्ने दृष्टिकोणमा समेत पूर्ण परिवर्तन गराउनु आवश्यक छ । सरकारले अस्वीकार गरे पनि केहीले विश्वास गरिरहेका छन् कि सरकार काठमाडौंमा सहज आपूर्ति गराउन सहयोगहीन अवस्थामा छ । यसलाई परिवर्तन गराउनु आवश्यक छ ।

नेपालका प्रधानमन्त्रीले भारतलाई चेतावनी दिनुपर्ने स्थिति किन आयो ? : नवभारत टाइम्स

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई चेतावनी दिए कि आन्तरिक मामिलामा हस्तक्षेप नगरोस् । भारतले तराई क्षेत्रमा हिंसा भड्काएको आरोपसमेत लगाउनेसम्मको यस्तो भाषाको प्रयोग कुनै नेपाली प्रधानमन्त्रीले गरेका थिएनन् । यसबाहेक नेपालले चीनबाट तेल ल्याउन पहिलोपटक प्रयास गर्‍यो यसअघि भारतबाट मात्रै नेपालमा तेल आपूर्ति भइरहेको थियो । यो किन भयो भन्ने कुरा हाम्रो विदेश नीतिको अहं प्रश्न हुनुपर्छ । कहीँकतै हामी नेपालबारे अतिरञ्जनापूर्ण सिकार भइरहेका छौँ कि भन्ने प्रश्न पनि छ । जब संविधान आयो, मधेसीहरूको विषयमा भारतले अडान राख्यो । जसको आशय नजिकको मित्र र छिमेकीलाई सुझाब थियो, तर नेपालले यसलाई आन्तरिक मामिलामा हस्तक्षेप ठान्यो । अहिले नेपालमा धारणा छ कि भारत सरकार नेपालमा पेट्रोलियम पदार्थ र अत्यावश्यक वस्तुको आपूर्ति रोकेर नेपाललाई घुँडा टेकाउन चाहन्छ ।

काठमाडौं आगोसँग खेल्दै छ : हिन्दुस्तान टाइम्स

नयाँ दल्लीले टाढै बसेर काठमाडौंलाई भन्नैपर्छ कि जाग र घर थान्कोमा राख । मुद्दाहरू सहज रूपमा गरिरहेका छैनन् । मधेसीहरू जनसंख्याका आधारमा राजनीतिक प्रतिनिधित्व मागिरहेका छन् । राज्य संरचनाहरूमा समानुपातिक प्रतिनिधित्वका हिसाबले सकारात्मक विभेदको अवस्था र सीमांकनमा पुनरावलोकनको माग गरिरहेका छन् ताकि उनीहरू वञ्चित भएको राजनीतिक शक्ति प्राप्त गरुन् । तर, काठमाडौं आगोसँग खेलिरहेको छ र अरूलाई होइन आफैँलाई आरोप लगाइरहेको छ । नयाँपत्रिकाबाट


  •  
  •  
  •