भारतको अर्थतन्त्र ६ वर्षपछि सुधारतिर

917
  •  
  •  
  •  

भारतमा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६ वर्षपछि पहिलो पटक सामान्य आर्थिक वृद्धिदर देखिएको छ।

तथ्यांक अनुसार यस वर्षको पहिलो त्रैमासिकमा आर्थिकवृद्धि दर ४.७ प्रतिशत कायम भएको देखिएको छ।

एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा लगानी खुम्चिँदा औद्योगिक उत्पादनमा कमी आउनुका साथै वेरोजगारी दरमा ४ दशक यताकै उच्च अवस्थाको सामना गर्नुपरेको थियो।

तर शुक्रबार सार्वजनिक तथ्यांकमा सन् २०१९ को पहिलो त्रैमासमा ०.२ प्रतिशतको आर्थिक वृद्धि भएको देखिएको छ। यो निरन्तरका सात त्रैमासपछिको पहिलो सुधारको सङ्केत हो। निम्न आर्थिक वृद्धिका कारण भारतीय अर्थतन्त्रमा सन् २०१४ पछि कूल ग्राहस्थ उत्पादन खराब रहँदै आएको थियो।

अर्थशास्त्रीहरूका अनुसार भारतले प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने लाखौँ व्यक्तिलाई रोजगारी दिनुपर्ने अवस्था रहेकाले मुद्रास्फीति दर भने सात प्रतिशतभन्दा निकै तल रहेको छ।

भारतको वार्षिक आर्थिक वृद्धिदर सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि गत वर्ष सबैभन्दा निम्न अर्थात् पाँच प्रतिशतमा झरेको थियो। -एजेन्सी


  •  
  •  
  •