कबोल गरेकै रकम दिँदैन भारत

107
  •  
  •  
  •  

काठमाडौं १६ चैत ।
हुलाकी सडक बनाइदिने आश देखाएर एक वर्ष अघि पन्छिएको भारतले अहिले कबोल गरेको अनुदान रकमसमेत दिन आनाकानी गरेको छ । डेढ दशकसम्म झुलाएर नेपालतिर पन्छाएको काम नै रोक्ने मनसाय राखी भारतले रकम दिन आनाकानी गरेको हो । निर्माण गरिदिने सम्झौता हुँदा आठ अर्ब रुपैयाँ (भारु ५ अर्ब) लागत अनुमान गरिएको लागत अहिले बढेर करिब १३ अर्ब रुपैयाँ पुगेको छ ।

निर्माणबाट गत वर्ष चैतमै भारतले हात झिकेपछि सरकारले नयाँ ठेक्का प्रक्रिया सुरु गरेको थियो । तर ठेक्का सम्झौता हुनै लाग्दा सकड बन्न नदिने गरी नयाँ शर्त तेस्र्याएर रकम नदिने व्यवहार देखाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले समेत भारतबाट अनुदान रकम नआउँदा ठेक्कामा जान समस्या भएको बताए ।
नागरिकबाट


  •  
  •  
  •