नेपाल भारतको उच्चप्राथमिकतामा : राजनाथ

71
  •  
  •  
  •  

काठमाडौं ३ असोज ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालसंगको सम्वन्ध भारतको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को छैटौ गृहमन्त्री स्तरीय बैठकमा भाग लिन विहिबार राजधानी आइपुगेका उनले भारत सरकारको प्रमुख प्राथमिकता छिमेकसँगको सम्वन्ध विस्तार र सुदृढिकरण रहेको बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदे भने, ‘नेपाल भ्रमणमा आउन पाउदा खुशी छु । भारत छिमेकसंगको सम्वन्धलाई थप सुदृढ गर्दै यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार छ । नेपालसँगको सम्वन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको छ ।’

उनी यहा आइपुगेलगत्तै राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । राजनाथले विहिबार नै प्रधानमन्त्री सुशील कोइरालासंग भेटवार्ता गर्दै नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चासो ब्यक्त गरे । उनले कोइरालसंगको भेटमा राजनीतिक अवस्था, संविधान लेखन कार्य, नेपाल-भारत सम्वन्ध, आगामी सार्क शिखर सम्मेलनको तयारी, यसक्षेत्रमा आतंकवाद तथा उग्रबाद नियन्त्रण, नक्कली नोटको कारोवार नियन्त्रण लगायतका विषयमा छलफल गरेको अधिकारीले बताए । नयाँ संविधान जारि गरेर दिगो शान्तिमा नेपाल प्रवेश गरेको हेर्न भारतले चाहेको भन्दै त्यसको लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको उनले बताएका थिए ।

भारत स्वतन्त्रता देखि नै नेपालीले भारतको लागि पुर्याएको योगदानको बारेमा समत छलफल गरेर सम्वन्ध स्पभाविक रहेको बताएको एक अधिकारीले जानकारी दिए ।  प्रधानमन्त्री कोइरालले पनि भारतीय सहयोग र सदभाव प्रति धन्यवाद दिदै भएका प्रयासहरु जानकारी गराउदै समयमा नै संविधान जारी हुने बताएको उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले बताए । नेपाल सुदि्रढ र सम्पन्न भएमा भारतलाई समेत सहज हुने भन्दै यसमा भारतले चासो दिएको उनले स्पष्ट पारेका थिए । उनले कोइरालासंग ‘वान-टु-वान’ भेटवार्ता समेत गरेको स्रोतले बतायो । नेपाल शन्ति र राजनीतिक स्थायीत्व कायम गरेर विकासमा अघि बढे भारतको हितमा समेत रहेको वर्तमान नेतृत्वको बुझाई रहेको उनले स्पष्ट पारको पनि सहभागिले जानकारी गराए । प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पछि दुईपक्षीय सम्वन्ध थप उचाईमा पुगेकेा भन्दै यसलाई कायम गर्दै ब्यवस्थित रुपमा दुवै तर्फबाट अघि बढ्न आवश्यक भएकोमा प्रधानमन्त्री कोइराला र सिंह सहमत रहेको पनि भट्टराईले बताए ।

सिंहले विहिबार नै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसंग पनि भेटवार्ता गरेका छन् । भेटमा यस क्षेत्रको सुरक्षाको बारेमा नै चर्चा भएको गृहमन्त्रालयले जनाएको छ । भेटघाटमा सार्कको विकासको लागि यस क्षेत्रमाहुने सीमाक्षेत्रमा हुने अपराध, नक्कली नोटको अवैध ओसार पसार, विमानस्थालमा सुरक्षा ब्यवस्था चुस्तता लगायतको विषय रहेको पनि बताइएको छ ।  उनले त्यसलगत्तै राजनीतिक दलका नेताहरुसंग पनि भेटवार्ता अघि बढाएका छन् । उनले विहिबार नै आफू बसेको होटल हायातमा नै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपाध्यक्ष रामचन्द्रपौडेल, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता पूर्णबहादुर खडा लागयत नेताहरुलाई उनले भेट गर्दै दुईपक्षीय सम्वन्ध तथा सार्क क्षेत्रको सुरक्षा बारेमा छलफल गरेका थिए । सीमा अपराध देखि अवैध कारोबार, नक्कली नोट लगायतमा छलफल भएको भेटमा सहभागि खडाले कान्तिपुरलाई बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •