काठमाडौं १४ चैत ।
भारतीय निमार्ण कम्पनीले महाकालीवरि नेपाली क्षेत्रबाट ढुंगा लगेर नदीपारी बाँध बाँधिरहेको पाइएको छ । राति-राति टि्रपरबाट ढुंगा लगेर नदीपारिको भारतीय क्षेत्रमा बाँध बाध्न थालेको छ ।
भारतको धार्चुला उत्तरवर्ती बस्ती खोतिला क्षेत्रको तटबन्ध निमार्णको लागि भारतीय निमार्ण कम्पनीले राति राति नेपाल तिरबाट ढुंगा ओर्साने गरेको स्थानियको भनाइ छ ।
स्थानियहरुले राति राति मेशिन ल्याएर भारतीय पक्षले ढुंगा लाने गरेको जनाएका छन् । उनीहरुले बिहान पाँच बजेसम्म पनि मेसिनहरुले महाकाली नदी किनारामा नेपालतिर आएर ढुंगा फोरिरहेको देखिएको स्थानियले बताए ।
भारतीयय निमार्ण कम्पनीले वारिबाट ढुंगा आसार्ने गरेको नेपाल प्रहरीमा समेत जानकारी भइसेकको छ । तर प्रशासकले यसरी ढुंगालिन आउने गाडीलाई कारवाहि भने गरेको छैन । उता दार्चुलाका प्रहरी प्रमुख सुशील राठौरले भारतीय पक्षले ढुंगा लैजान बन्द गरेको दावी गरे । नयाँपत्रिकाबाट