दिल्लीमा एकसाता लामो कर्फ्यु

71
  •  
  •  
  •  


एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड–१९ विरुद्ध कर्फ्यु घोषणा गरेका हुन् ।

सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ । भारतमै देखिएको नयाँ भेरियन्ट, बेलायतमा देखिएको यूके भेरियन्टसहित अहिले भारतमा कोरोना भाइरसको दोश्रो लहर उत्कर्षमा पुगेको छ ।

खोप अभियानलाई तीव्र बनाएर झण्डै ११ करोड मानिसलाई खोप लगाइसकेको बताए पनि भारतमा नयाँ सङ्क्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ । अहिले अस्पतालहरुमा अक्सिजन, औषधि र कतिपय ठाउँमा बेड नै अभाव हुन थालेको जनाइएको छ ।


  •  
  •  
  •