भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, १२ लाख ३८ हजार बढी संक्रमित

180
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २९ हजार ८ सय ६१ पुगेको हो ।

भारतमा हालसम्म १२ लाख ३८ हजार ७ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । लकडाउन अन्त्य भएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । ७ लाख ८२ हजार ६ सय ७ जना उपचारपछि निको भएका छन् ।

भारतमा एकै दिन कोरोनाका कारण दुई हजार जनाको ज्यान भएको छ भने ४० हजार संक्रमित थपिएका छन् ।


  •  
  •  
  •