५ हजार किमीसम्म मिसाइल प्रहार गर्न सक्ने अग्नि ५ को सफल परिक्षण

232
  •  
  •  
  •  

agni-v-missileकाठमाडौ, १७ माघ(एजेन्सी)  :  भारतले पाँच हजार किलोमिटरभन्दा टाढासम्म परमाणु हतियार लैजान सक्ने क्षमताको लामो दूरीको ब्यालेष्टिक मिसाइल अग्नि-५ सफल परिक्षण गरेको छ । मोबाइल प्रक्षेपण प्रणालीबाट रकेटलाई प्रक्षेपित गरिएको छ ।

अग्नि सीरिजको मिसाइल विकसित गर्नका लागि अग्नि म्यान भनिने डिफेन्स रिसर्च एण्ड डेभेलपमनेन्ट अर्गनाइजेशन(डीआरडीओ) प्रमुख अविनाश चन्द्रले पनि आजकै दिन अवकास पाउन लागेको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् । सरकारले डीआरडीओ प्रमुखको पदबाट उनलाई गरिएको अनुबन्धन समाप्त गरेको छ ।

भारतीय सञ्चारमाध्मयले स्रोतलाई उदृत गर्दै मोबाइल प्रक्षेपण प्रणालीद्धारा रकेट प्रक्षेपित गरिएको थियो । ओडिशाको व्हीलर द्धीफमा मिशनभन्दा पहिले निकै धेरै तयारी गरेको थियो । डीआरडीओका एक वरिष्ठ अधिकारीले केही समयअघि भनेका थिए, ‘अविनाश चन्द्रको अनुबन्धन समाप्त गर्ने सरकारको निर्णय भन्दा पहिले नै प्रक्षेपणको सम्भावित दिनको बारेमा फैसला गरिसकेको थियो । प्रक्षेपणका लागि तीन तारिख तय गरिएको थियो र यो जनवरी ३१ मा सम्भावना रहेको छ ।’


  •  
  •  
  •